रुसमा आतंकवादी आक्रमणको प्रयास

 

श्रवण १, मस्को ।  रुसको संघीय सुरक्षा सेवाले मुलुकको दक्षिणी रोस्तोभ क्षेत्रमा इस्लामिक आतंकवादी संगठन (आइएस) ले तयार पारेको आक्रमणको प्रयासलाई विफल बनाइदिएको जनाएको छ । 

आइएसले प्रहरीमाथि आक्रमणको योजना बनाएको दाबी गरिएको छ । उक्त कार्यमा तीन जना रुसी नागरिक नै संलग्न रहेको संघीय सुरक्षा सेवाले बताएको छ । 

null

सुरक्षा सेवाले जारी गरेको वक्तव्यमा उक्त आक्रमणकारी समूहका नेता सुरक्षा कारबाहीमा मारिएको जनाएको छ । अरु दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रुसी अनुसन्धान संस्थाले उक्त घटनाका दोषीमाथि फौजदारी अभियोग दर्ता गर्नुका साथै थप अनुसन्धान कार्य अघि बढाएको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *