सम्भावित महामारी नियन्त्रण गर्न सरकारसँग कांग्रेसको आग्रह

 

साउन १, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी, पहिरो र डुबान क्षेत्रमा विभिन्न रोग महामारीको रुपमा फैलने सम्भावनालाई नियन्त्रण गर्न सरकारसँग आग्रह गरेको छ । 

कांग्रेस संसदीय दलको कार्यालयले आज जारी एक विज्ञप्तिमार्फत् बाढी, पहिरो र डुबान क्षेत्रमा थप मानवीय क्षति हुन नदिन सरकार र सम्बन्धित निकायलाई सशक्त एवं गतिशील रुपमा कार्य गर्न आग्रह गरेको हो । 

null

केही दिनअघि परेको भारी वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो, डुबान र कटानका कारण ठूलो सङ्ख्यामा मानवीय क्षति हुनाका साथै भौतिक क्षति पनि भएको छ । 

क्षतिग्रस्तस्थलको प्रतिवेदनका आधारमा विपद् व्यवस्थापनका लागि राज्यले अझै प्रभावकारी ढङ्गले राहत एवं पुनःस्थापना गर्नु आवश्यक देखिएको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले उल्लेख गरे । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 8 =