विद्यालयमा जागिर लगाइदिन्छु भन्दै प्रधानाध्यापकले नै ठगे ६१ लाख !

 

असार १६, बारा । विद्यालयमा जागिर लगाइदिने भन्दै लाखौँ ठगी गर्ने एक जना पक्राउ परेका छन् । 

विद्यालयमा जागिर लगाइदिने भन्दै ६१ लाख ठगी गर्ने ४३ वर्षीय अनिलकुमार ठाकुर पक्राउ परेका हुन् । 

null

पक्राउ परेका ठाकुर बाराको जितपुर सिमरा–८ को श्री सामुदायिक विद्यालयका प्राधानाध्यापक भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । 

ठाकुरले विद्यालयमा शिक्षकको जागिर लगाइदिने आश्वासन दिएर प्रतिव्यक्ति दुईदेखि ५ लाख रुपैयाँसम्म लिएको प्रहरी अनुसन्धानमा खुलेको छ । 

प्रहरीका अनुसार अहिलेसम्म जम्मा ६१ लाख १४ हजार ५ सय रुपैयाँ लिएर आफैं नियुक्ति पत्रसमेत दिएको पाइएको छ । २० जनालाई नै विद्यालयमा जागिर लगाइदिन्छु भन्दै ठग्ने ठाकुर पछिल्लो समय लुकीछिपी बस्दै आएका थिए । 

उनलाई ठगी मुद्दामा ७ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *