सर्वोच्चद्वारा एमालेका पूर्व सांसद कार्की भ्रष्टाचारी ठहर
२०७६ असार १८ गते

असार १७, काठमाडौं । सर्वोच्च अदालतले ४ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका तत्कालीन एमालेका पूर्व सांसद डोलबहादुर कार्की र स्वामी ब्रह्मानन्द उदासीनलाई दोषी ठहर गरेको छ ।
न्यायाधीशद्धय दीपककुमार कार्की र कुमार रेग्मीको इजलासले रंगेहात घुससहित पक्राउ परेका पूर्व सांसद कार्की र उदासीनलाई मंगलबार दोषी ठहर गरेको हो ।
null
एमाले सांसद रहेका कार्कीले स्वामीसँग मिलेर प्रहरी इन्स्पेक्टर बनाइदिन्छु भन्दै घुस लिइरहेका बेला रंगेहात पक्राउ परेका थिए । घुससहित पक्राउ परेपछि कार्कीलाई पार्टीले निलम्बन गरेको थियो ।
विशेष अदालतले उनलाई २०६७ चैतमा दोषी ठहर गर्दै ६ महिना कैदको फैसला सुनाएको थियो । त्यस विरुद्ध उनी २०६८ जेठ २४ गते सर्वोच्च आएका थिए । मंगलबार सर्वोच्चले फैसला सुनाउँदै विशेषको फैसला सदर गरेको हो ।
२०७६ असार १८ गते
प्रतिक्रिया
सम्बन्धित








