निर्माण कार्य रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशालाको काम भोलिदेखि सुरु

 

साउन ६, चितवन । चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको काम भोलीबाट पुन शुरु हुने भएको छ । 

क्रिकेट रंगशाला निर्माण सहयोग समिति सचिवालयको आज भरतपुरमा बसेको बैठकले भोलीबाट नै कामलाई अगाडि बढाउने निर्णय गरेको हो । समितिका संयोजक तथा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको अध्यक्षतामा बसेको बैठकले सबैभन्दा पहिला सहयोग गर्न बोलेका रकमहरु तत्काल उठाउने निर्णय गरेको छ । 

null

रंगशाला निर्माण गर्नको लागि विभिन्न संघ सस्था व्यक्तिहरुबाट करिब ४ करोड रुपैयाँ उठाउनु पर्ने छ । यो रकम उठाउने काम भोलीबाटै सुरु हुने उनले जानकारी दिए । त्यस्तै गरी जेठ १५ गते स्थानीयले भत्काएका रंगशाला निर्माण स्थलको अस्थायी बारलाई ठड्याउने, चौकी स्थापना गर्ने, मैदानमा रोपिएको झारलाई व्यवस्थित पार्ने, साउन १० गतेसम्म जिल्लाका हरेक पालिकामा सहयोग समिति गठन गर्नेलगायतका कामहरु शुरु हुनेछ । 

 

रंगशाला निर्माणको लागि बन्दै गरेको डीपीआरको काम नसकिएकाले अन्य काम गर्न नसकिएको संयोजक डल्लाकोटीले जानकारी दिए । 

आजको बैठकमा रंगशाला निर्माणको जिम्मा लिएको धुमुर्स फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेकपाका अध्यक्ष यमबहादुर परियार, नेपाली काँग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीलगायतको सहभागिता रहेको थियो । भरतपुरको रामपुरमा करिब २० बिगाहा जग्गामा ३ अर्ब खर्चिएर रंगशाला बनाइदैछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 12 =