१३ औँ इक्यान शैक्षिक मेलाको तयारी पुरा, २६ गते उद्घाटन

असार २४, काठमाडौं । भृकुटीमण्डपमा आगामी असार २६ देखि २९ गते (July 11 – 14) सम्म आयोजना हुने १३ औँ इक्यान बृहत शैक्षिक मेलाको तयारी पुरा भएको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले मेलाको तयारी पुरा भएको जानकारी दिएको हो । २६ गते बिहान ११ बजे मेला उद्घाटन हुनेछ ।
null
मेलामा नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना एवम् अवसरहरु जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गरिने इक्यानका अध्यक्ष विष्णुहरी पाण्डेले बताए । उनका अनुसार मेलामा स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुनसक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गरिने छ ।
मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु लगायत भारत, चीन, बांगलादेश, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मन, रुस, डेनमार्कका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागी हुने इक्यानले जनाएको छ ।
नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधिमन्त्रालय र जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट स्वीकृति प्राप्त मेलामा १ लाख ५० हजार भन्दा बढी विद्यार्थी तथा अभिभावकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेलामा सहभागिता जनाउन विभिन्न देशका राजदुतावास तथा कुटनितिक नियोगहरुलाई समेत आग्रह गरिएको छ ।
शैक्षिक मेलामा चारै दिन रक्तदान, डेन्टल क्याम्प तथा प्राथमिक उपचारका कार्यक्रमहरु पनि गरिने जानकारी दिइएको छ ।
मेलाको व्यवस्थापन वल्र्ड विजनेस म्यानेजमेन्ट एण्ड कन्सल्ट्यान्ट प्रालिले गर्दैछ । ब्रिटिस काउन्सिलको प्रस्तुतीकरणमा आयोजना हुने यस मेलाको टाईटल स्पोन्सर्स राईट पाथ क्यारियर काउन्सिलिङ्ग प्रालि रहेको छ ।
यस मेलाको मेन स्पोन्सर्समा मेटस एजुकेसन प्रालि, पावर्ड बाईमा पाथ फाईन्डर ईन्टरनेश्नल एजुकेसन प्रालि, डाईमन्ड स्पोन्सर्समा BGMEA युनिभरसिटि अफ फेसन, गोल्ड स्पोन्सर्समा ग्रेस ईन्टरनेसनल एजुकेसन, सिल्भर स्पोन्सर्समा थोमस ईन्टरनेसनल एजुकेसन प्रालि तथा ब्राउन्ज स्पोन्सर्समा भिष्टा ईन्टरनेसनल एजुकेसन प्रालि रहेका छन् ।
यस मेलाको स्पोन्सर्सहरुमा वेद ईन्टरनेसनल एजुकेसन कन्सल्टेन्सि प्रालि, ड्रिम डेस्टिनि एजुकेसन फाउण्डेसन प्रालि, अरविट ईन्टरनेसनल एजुकेसन प्रालि, डानिस अहमदकलेज, ग्लोबल एजुकेसन एकेडमी, ड्रिम डेस्टिनी ईन्टरनेसनल ट्राभल्स, एफएमग्रुप ट्रेनिङ सेन्टर, गनपत युनिभरसिटि, लिङकन एजुकेसनल कन्सल्टेन्सि प्रालि, प्रेसिडेन्ट एजुकेसनल कन्सल्टेन्सि प्रालि, कङ्गारु एजुकेसन फाउण्डेसन प्रालि, रोयल एजुकेसनल फाउण्डेसन प्रालि, सिटि एजुकेसन कन्सल्ट्यान्ट, तारा ईन्टरनेसनल एजुकेसन प्रा.लि, अल्टिमेट कन्सल्टेन्सि एण्ड एडभाईजरी नेटवर्क प्रालि तथा नामिकलेज रहेको छ ।
त्यस्तै को–स्पोन्र्सहरुमा क्यानोन ईन्टरनेसनल एजुकेसन प्रालि, ईडियु कन्सल्टेन्सी नेपाल प्रालि, ईन्लाईटिन ईन्टरनेसनल एजुकेसन प्रालि रहेका छन् । एयरलाईन्स पार्टनरमा टर्किस एयरलाईन्स, युनिभरसिटि पार्टनरमा डा. के एनमोदि युनिभरसिटि, स्ट्रिमिङ्ग पार्टनरमा दामिम्युजिक, टेलिकम पार्टनरमा नेपाल टेलिकम, अनलाईन टिकटिङ्ग पार्टनरमा सस्तो टिकटस तथा ट्राभल्स पार्टनरमा पठाओ ट्राभल्स रहेका छन् ।
बैंकिङ पार्टनरमा सिटिजन्स बैक ईन्टरनेसनल, माछापुच्छ्रे बैंक, ईन्टरनेट पार्टनरमा भायनेट, अफिसियल मिडिया पार्टनरमा मकालु खबर रहेको छ । त्यस्तै यस मेलाको सपोर्टेड बाईमा नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्वर अफकमर्श, अभिभावक महासंघ नेपाल, शैक्षिक पत्राकार सञ्जाल (EJON) रहेका छन् ।








