आइफा अवार्ड तत्काल रोक्न संसदीय समितिको निर्देशन

 

असार १७, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले इन्टरनेश्नल इन्डिया फिल्म् अवार्ड (आइफा) अवार्ड नेपालमा नगर्न निर्देशन दिएको छ । 

समतिले मंगलबारको बैठकमा नेपालकै खर्चमा नेपालमा हुने भनिएको आइफा अवार्ड तत्कालै रोक्न निर्देशन दिएको हो । 

null

आइफा अवार्डले नेपालको राष्ट्रियता र सार्वभौमिकतामाथिकै गम्भीर हमला भएको समितिको निष्कर्ष छ । नेपाली जनताको पसिनाको पैसा खर्च गरेर उक्त कार्यक्रम गर्नु उचित नभएको समितिको ठहर छ । 

यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संसदको विकास समितिमा आइफा अवार्ड गरेरै छोड्ने दाबी गरेका थिए । कुनै पैसा खर्च नहुने, पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उनको भनाइ थियो । 

असार ८ गते बसेको मन्त्रिपरिषदको बैठकले आइफाको २० औं संस्करण काठमाडौँमा आयोजना गर्ने औपचारिक निर्णय सार्वजनिक गरेलगतै चलचित्रकर्मीदेखि सर्वसाधारणले समेत यसको विरोध जनाउँदै आएका छन् । 

हाँस्य कलाकार केदार प्रसाद घिमिरे (माग्नेबुढा) ले जनताले तिरेको कर किन बलिउडमा खर्च गर्नुपर्यो भन्दै प्रश्न उठाएका थिए ।  

यस्तै निर्देशक प्रदिप भट्टराईले राष्ट्रिय अवार्ड गर्नलाई तीन वर्ष लगाउने तर विदेशी अवार्डको लागि किन तातेको भन्दै आक्रोश पोखेका थिए भने दीपकराज गिरीले ‘सलमान खान र कपिल शर्मालाई त सुरक्षा दिन सकिन्न भनेर कार्यक्रम नै रद्द भो । अब त झन् पूरै बलिउड ल्याउने रे’ भन्दै व्यंग्य गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 11 =