प्रहरी र विप्लव समूहबीच गोली हानाहान, प्रहरी भन्छ– खासै केही होइन

 

असार १६, संखुवासभा । संखुवासभामा नेपाल प्रहरी र विप्लव समूहबीच गोली हानाहान भएको छ । 

सिलिचोङ गाउँपालिका–१ मा गस्तीका लागि गएको प्रहरी टोली र प्रतिबन्धित विप्लव समूहबीच जम्काभेट हुँदा गोली हानाहान भएको हो । क्षति भने नभएको प्रहरीले जनाएको छ । 

null

शसस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्तीमा रहेको १९ जनाको प्रहरी टोलीमाथि विप्लवका कार्यकर्ताले गोली चलाएर भागेपछि प्रहरीले जवाफी गोली चलाएको बताइएको छ । 

सुरुमा विप्लव समूहले गोली चलाएर भागेपछि प्रहरीकाे सांकेतिक फायरिङ भएकाे, खासै केही नभएको प्रहरीको भनाइ छ । उक्त टोलीसँग अहिले कुनै सम्पर्क नभएकाे प्रहरीले जनाएकाे छ । 

थप विवरण आउन बाँकी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fifteen =