प्रभु बैंकको खार्पुनाथ शाखा कार्यालय सञ्चालन

 

असार २५, काठमाडाैँ ।  प्रभु बैंक लिमिटेडले बुधबार देखि हुम्ला जिल्लाको दुुुुर्गम गाउँपालिका खार्पुनाथ गाउँपालिका स्थित वडा नं. ५ खार्पुनाथमा शाखा कार्यालय खोली कारोवार संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन एक समारोहका विच खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावले गरेका हुन् । 

शाखा कार्यालय समुद्घाटन कार्यक्रममा प्रमुख अतिथी रावलले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै आजदेखि सञ्चालनमा आएको खार्पुनाथ शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधि युक्त बैंकिङ्ग सेवा उपलब्ध हुने बताउँदै बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका यस क्षेत्रका सम्पूर्ण नागरिकहरुलाई प्रभु बैंकको सेवा उपभोग गरी लाभ उठाउन समेत आग्रह गरे । 

null

खार्पुनाथ शाखा कार्यालय समुदघाटन कार्यक्रममा हुम्ला जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिकदलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ,हुम्लाका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । 

खार्पुनाथ शाखा समेत गरी बैंकले हाल सम्म १८७ वटा शाखा, १५० वटा ATM र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दैै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *