बिना प्रतिस्पर्धा पौने दुई अर्बको ठेक्का, नेत्रविक्रम चन्द वार्तामा बस्न तयार

काठमाडौं, २७ असार । आजका दैनिक पत्रिकाहरूमा भारतबाट आयातीत फलफूल तथा तरकारीको विषादी परीक्षण प्रकरणमा कर्मचारीले झुक्याएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनतासँग मागेको माफी रहेको छ । त्यस्तै, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजकुमार रौनियार ८ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेकोलाई पनि आजका पत्रपत्रिकाहरुले प्राथमिकतामा राखेका छन् । 

कान्तिपुरले ‘बिना प्रतिस्पर्धा मध्यरातमा पौने दुई अर्बको ठेक्का’ शीर्षक दिएर राष्ट्रिय परिचयपत्र छपाइ ठेक्काबारे चासो राखेको छ । समाचार अनुसार, फ्रान्सेली कम्पनीलाई सरकारले बिना प्रतिष्पर्धा मध्यराति १६ मिलियन अमेरिकी डलरको ठेक्का दिएको छ । सम्झौतामा विभागका अधिकारीसहित फ्रान्सेली कम्पनी आइडेमिया र उसको स्थानीय साझेदार एडभान्टेज इन्टरनेसनल प्रालिका प्रतिनिधिले हस्ताक्षर गरेको दाबी कान्तिपुरको छ । 

त्यस्तै, नेत्रविक्रम चन्द नेतृत्वको समूह सरकारबाट लिखित प्रस्ताव आए वार्तामा बस्न तयार देखिएको अर्को खबर पनि कान्तिपुरले छापेको छ । कान्तिपुरका अनुसार, नागरिक समाज, सञ्चारकर्मी र राजनीतिक दलले दिएको सुझावअनुसार वार्तामा बस्ने निर्णय गरेको एक स्थायी समिति सदस्यले बताएका छन् । वार्तामा आउने निर्णयलाई सरकारले कमजोरीका रूपमा लिए मुलुकका लागि दुर्भाग्य हुने चेतावनी पनि ती नेताले दिएको कान्तिपुरले लेखेको छ । 

null

अन्नपूर्णले भारतबाट तरकारी बोकेर आएका ट्रक भैरहवा नाकामा रोकिएको लेखेको छ । तरकारी र फलफूलमा विषादी परीक्षण नगर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश जारी गरेसँगै मालवाहक गाडी सीमामा रोकिएका हुन् । पहिरोको जोखिम बढेपछि रोल्पाका २२ परिवार विस्थापित भएकोसँगै विवादित विधेयक अलपत्र परेको लगायत खबर अन्नपूर्णको पहिलो पृष्ठमा छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 4 =