भ्रष्टाचार आरोपित सशस्त्र प्रहरीका चार पूर्व आईजीले पाए सफाइ

 

असार १६, काठमाडौँ । विशेष अदालतले भ्रष्टाचारको आरोप लागेका सशस्त्र प्रहरीका ४ जना पूर्व आईजीलाई सफाई दिएको छ । 

विशेष अदालतले भ्रष्टाचारको आरोप लागेका पूर्व आइजीहरु बासुदेव ओली, सनत बस्नेत, कोषराज वन्त र शैलेन्द्रकुमार श्रेष्ठलाई सोमबार सफाई दिएको हो । 

null

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति जोडेको तथा भ्रष्टाचार गरेको चारै जनाविरुद्ध मुद्दा दायर गरेको थियो । 

२०५८ देखि २०७१ मा सशस्त्र प्रहरीका विभिन्न ईकाईमा सामान खरिद गर्दा नक्कली कम्पनी र बिल खडा गरेर भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो। 

तर विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको इजलासले ‘मिसिल संलग्न कागज र प्रमाणबाट भ्रष्टाचार भएको भन्ने आधार नदेखिएको’ भन्दै उनीहरुलाई सफाई दिएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + one =