बाढीका कारण ८० काे मृत्यु, ३४ जना बेपत्ता

काठमाडौं, १ साउन । असार २६ गतेदेखि अविरल वर्षासँगै आएको बाढीका कारण देशका विभिन्न भु-भागहरुमा विपद् परेको छ । त्यसैबीच बाढी प्रभावित रौतहटमा मङ्गलवार १० जना मृत अवस्थामा फेला परेका छन् । 

 

रौतहटका बाढी पीडितहरूमध्ये कै १० जनाको शव फेला परेको गृहमन्त्रालयले जनाएको छ । योसँगै बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या करिब ८० पुगेको छ । रौतहटपछि सबैभन्दा बढी ललितपुरमा ६ र मकवानपुर र भोजपुरमा ५/५ जनाको मृत्यु भएको छ । 

null

त्यस्तै, वर्षाका कारण ३२ जिल्ला प्रभावित भएका छन्, जसका कारण ८० को निधन भएको छ भने ३४ जना अझै बेपत्ता र १७ हजार विस्थापीत भएका छन् । बाढी पीडितहरूमध्ये गर्भवती र सुत्केरी महिला तथा बालबालिकालाई सबैभन्दा धेरै गाह्रो भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =