गठबन्धन टुटेपछि स्पेनी प्रधानमन्त्रीको गुम्यो विश्वासको मत

 

साउन १०, म्याड्रिड ।  स्पेनका कामचलाउ प्रधानमन्त्री पेद्रो साञ्चेजले संसदमा बिहीबार पनि विश्वासको मत गुमाएका छन् । गठबन्धनमा रहेको पार्टीसँगको सहकार्य तोडिएपछि उहाँले बिहीबार बहुमत गुमाउनुभएको समाचारमा जनाइएको छ । 

अहिले उनलाई १२३ जनाले मात्रै मत दिएपछि बहुमत नपुगेकाले उनले प्रधानमन्त्री पद त्याग गर्नुपर्ने भएको छ । 

null

उनको दलले गत अप्रिलमा भएको निर्वाचनमा बहुमत नल्याएपछि गठबन्धन सरकार निर्माण गरेको थियो । उक्त सरकारको प्रधानमन्त्रीका लागि संसदमा विश्वासको मत पुष्टि गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रस्तावमाथि गत मंगलबार पनि संसदमा पहिलो चरणको मतदान भएको थियो । 

उक्त मतदानमा कुल ३५० सदस्य रहेको संसद्मा जम्मा १२४ जनाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका थिए भने बहुमत अर्थात् १७० सदस्यले विश्वासको मतको विपक्षमा मतदान गरेका थिए । 

बिहीबारको मतदानमा पनि पहिलो चरणमा जस्तै दर्जनौँ सांसदले मतदानमा भाग नलिएका र चार जना सांसद सदस्य निलम्वनमा रहेका कारण मतदानमा सहभागिता नजनाएको स्पेनी सञ्चारमाध्यमले जनाएका थिए । 

गत अप्रिलमा भएको निर्वाचनमा साञ्चेजको दलले कुल १२३ सीट ल्याएको थियो जसका कारण गठबन्धन सरकार नै बनाउनुपर्ने बाध्यता बनेको थियो । 

साञ्चेजले पोदेमोससहित केही क्षेत्रीय दलसँग गठबन्धनका लागि छलफल गरेपनि सहमति नजुटेपछि विश्वासको मत गुमाएका हुन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *