खोलामा डुबेर बालकको मृत्यु, एक बेपत्ता

 

साउन १४, विराटनगर । झापामा साइकल चढेर घरबाट खेल्न निस्किएका एक बालकको खोलामा डुबेर मृत्यु भएको छ । घटनामा अर्का एक जना बेपत्ता भएका छन् । 

खोलामा डुबेर झापा बाह्दशी गाउँपालिका २ बस्ने रोहित मलिक (डुम) का ११ वर्षीय छोरा सागरको मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । 

null

त्यस्तै खोलाले बगाउँदा सोही गाउँपालिका बस्ने सन्तोष मलिक (डुम)का १२ वर्षीय छोरा बादल बेपत्ता भएका छन । 

प्रहरीका अनुसार दुवै बालक घरबाट साइकल चढेर खेल्न निस्किएको र घाग्रा खोला तैरिने क्रममा साइकलसहित दुवै जनालाई खोलाले बगाएको हुन सक्ने जनाइएको छ । 

बाह्दशी १ सिप्ताबारी नजिक बिरीङ खोलामा साइकल तथा उनीहरूले लगाएको कपडा फेला परेपछि बालकद्धयको खोजी कार्य तीव्र बनाइएको थियो । 

खोज तलास गर्ने क्रममा साइकल तथा कपडा फेला परेको स्थान भन्दा ९ किलोमिटर किलोमिटर दक्षिणमा बालक सागर मृत अवस्थामा फेला परेका छन । बालक बादल भने अझै फेला पर्न सकेका छैनन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *