साथीसँगै पौडी खेल्न गएका २३ वर्षिय युवाको डुबेर मृत्यु

 

असार १६, दाङ । दाङमा आईतबार साँझ करिब ८ बजेको समयमा नदीमा पौडी खेल्ने क्रममा एक २३ वर्षिय युवाको मृत्यु भएको छ । 

दाङको घोराही उपमहानगरपालिका ८ बेलरीस्थित बबई नदीमा पौडी खेल्ने क्रममा घोराही १९ सैघा निवासी २३ वर्षीय शिवराज पुनको मृत्यु भएको हो । 

null

साथिहरुसँग नदीमा पौडी खेल्न गएका पुन पौडी खेल्ने क्रमा डुबेर बेपता भएका थिए । उनको खोजतलास गर्ने क्रममा उनको शव सोमबार बिहान ११ः३० बजे बबई नदीमा बनेको रहबाट बाहिर निकालेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदबिक्रम शाहले जानकारी दिएका छन् । 

प्रहरीका अनुसार घटनाबारे प्रारम्भिक अनुसन्धान भईरहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *