पहिरोमा परी ६ जनाको मृत्यु, ५ जना बेपत्ता

काठमाडौं, ७ साउन । पहिरोमा परी गुल्मीमा ६ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् । पहिरोले सत्यवती गाउँपालिका ३ लुम्पेकमा २ जना र वडा नम्बर ४ लिम्घामा २ जनाको मृत्यु भएको हो । 

 

साविक लिम्घा गाविसको वडा नम्बर २ भिरकुनामा स्थानीय मन बहादुर विक, कालू विक, छलि विक र चन्द्रे विकको घर पहिरोले बगाउँदा ४ जनाको मृत्यु भएको हो । मृतकको पहिचान भने हुन सकेको छैन । भिरकुनामा ५ जना हराइरहेका छन् । स्थानियका अनुसार बिहान ४ देखि ५ बजेको समयमा पहिरो गएको थियो । 

null

त्यस्तै साविक ठूलोलुम्पेक गाविसको दाङसिङ्गामा पहिरोले घर बगाउँदा तिलकुमारी तरामु र उनका छोरा दर्शन तरामुको मृत्यु भएको छ । लुम्पेककै सिङ्दिमा समेत १ घर भत्किएको र ४ जना बेपत्ता भएका छन । अहिले स्थानीयले हराइरहेकाहरुको खोजी र उद्धार गरिरहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 14 =