मनसुन सिजनमा भारत र नेपालबीच किन बढ्छ तनाव ?

 

साउन १, नयाँ दिल्ली । नेपाल र उसँग जोडिएको भारत इलाकामा हरेक वर्ष बाढी आउँछ । जल संशाधनलाई लिएर भारत र नेपालको सम्बन्ध निकै उल्झिरहेको छ । तर हरेक वर्ष दुई देशबीचको सम्बन्धलाई लिएर सेप्टेम्बरसम्म चल्ने मनसुन सीजनमा अझै बिग्रिन्छ । 

बाढीका कारण दुवै छिमेकी देशबीच तनाव पैदा हुन्छ । दुवै देशका रिसाएका मानिसहरु यस परिस्थितिलाई लिएर एकअर्कामा दोष थुपार्छन् । एकअर्कालाई जिम्मेवार ठहर्याउँछन् । 

null

यस वर्ष पनि बाढीले तनाव मच्चाउन सुरु गरिसकेको छ । नेपाल र बंगलादेशमा दर्जनौँ मानिसहरुको मृत्यु भइसकेको छ । जबकी उत्तर र पूर्वोत्तर भारतमा ३० लाखभन्दा बढी मानिसहरु बाढीका कारण विस्थापनको सामना गरिरहेका छन् । 

भारत र नेपालबीच करिब १ हजार ८ सय किलोमिटर लामो सीमाना छ । लगभग ६ सय नदी र छोटा धारा नेपाल नेपालबाट बगेर भारतमा प्रवेश गर्छ र सुक्खा सीजनमा गंगा नदीको जलराशिमा ७० प्रतिशत योगदान दिन्छ । 

यस्तोमा मनसुन सीजनमा नेपाल र भारतको मैदानी इलाकामा पानीले त्रसित बनाउँछ । हालको वर्षमा खासगरी नेपाल अmभै बढी आक्रोशित भएको देखिन्छ । नेपाल सीमामा रहेको बाँधलाई दोषी देखाइएको छ । नेपालको चाहना छ कि नेपाल–भारत सीमामा रहेका ती संरचनाहरुले भारततिर बगेको पानीको प्रवाह रोक्छ । 

दुई वर्ष पहिले गरिएको अनुसन्धानका क्रममा भारतीय सीमातर्फ यस्तै संरचना देखिएको थियो जसकारण माथिका कुरा सही लागेको थियो । ती संरचना त्यही ठाउँमा छन्, जहाँ २०१६ मा सीमाको वारपार रहने दुई देशको नागरिक आपसमा भीडेका थिए । यो घटनाक्रम भारततिर तटबन्ध बनाएपछि आपत्ति जनाउँदै दुई देशका नागरिक भिडेका हुन् । 

नेपाली अधिकारीहरु भन्छन्, ‘लगभग १० यस्ता संरचनाहरु छन्, जसका कारण नेपालमा हजारौँ हेक्टर जमीन डुब्छ । भारतीय तटबन्धका कारण नेपालमा बाढी आउँछ ।’ 

 

त्यस्तै भारतीय अधिकारीहरु भन्छन्, ‘यो सडक हो । तर नेपालका विशषज्ञ यसलाई तटबन्ध भन्छन्, जसलाई भारतको सीमावर्ती गाउँलाई बाढीबाट बचाउनका लागि बनाइएको हो ।’ 

दक्षिण नेपालका रौतहट जिल्लाका मुख्यालय गौर पछिल्लो हप्ता तीन दिनसम्म डुब्यो । अधिकारीहरुलाई डर छ कि कहीँ फेरि संघर्ष गर्नु नपरोस् । आम्र्ड पुलिस फोर्सका अधीक्षक कृष्ण ढकालले बीबीसीसँग भने, ‘हलचल मच्चिएपछि भारतीय तटबन्ध मुनिका दुई गेट खोलिएको छ, जसमा हालात सुधार्नका लागि हामीलाई मद्दत मिल्यो ।’ 

भारतीय अधिकारीहरुले यस सम्बन्धमा कुनै जवाफ दिएनन् । दुवै देश यस मामिलालाई लिएर कयौँ वर्ष बैठक बसिरहेका छन् तर परिस्थितिमा कुनै बदलाव आएको छैन । 

मे मा नेपाल र भारतको जल प्रबन्ध अधिकारीबीच बैठक भएको थियो । जसमा अधिकारीहरुले मानेका थिए कि सीमाको नजिकै सडक र अन्य संरचना निर्माण गरिएको छ । तर यसको चर्चा राजनीतिक स्तरमा नै हुनुपर्ने बताइएको छ । 

 

नेपालका वार्ताकार र राजनीतिज्ञको आफ्नो देशमा यस कुरालाई लिएर कडा आलोचनाको सामना गर्नु परिरहेको छ कि यस मामिला आफ्नो भारतीय समकक्षीको अगाडी उठाउन सकेनन् । तर यस्तो होइन कि बाढीबाट भारतीय प्रभावित भएका छैनन् । बिहारमा मात्र १९ लाख मानिसहरु आफ्नो घर छोड्न बाध्य छन् । यस कुराको जानकारी राज्य सरकारले दिएको छ । जब गंगाको सहायक नदी कोशी र गण्डकमा बाढी आउँछ, तब विहारलाई धेरै नोक्सान हुन्छ । अक्सर यसको दोष नेपाललाई दिइन्छ कि उसले बाढीको गेट खोलेर नदीको तल्लो हिस्सामा रहने जनसंख्यालाई खतरामा पार्यो । 

तर वास्तविकतामा भलै यी दुई नदीमा बनेको ब्यारेज नेपालमा छ तर यसको प्रबन्धन भारत सरकारले गर्छ । कोशी ब्यारेजको नियन्त्रण भारतसँग छ । दुवै देशबीच १९५४ मा भएको कोशी सन्धि र १९५९ मा भएको गण्डक सन्धिअन्तर्गत यस्तो गरिएको छ । यी ब्यारेज भारतले बाढी रोक्न, सिँचाईँ र बिजुली उत्पादनका लागि बनाएको थियो । तर यो नेपालमा काफी विवादमा रहन्छ, किनकी स्थानीय जनताको कुनै लाभ भएको देखिँदैन । भारत सरकार ती बाँधको सीमामा परस्पर जल सहयोग र प्रबन्धको राम्रो उदाहरण पेस गरिन्छ । 

कोशी ब्यारेजमा ५६ ढोका छ । जब मनसुनका कारण आएको बाढीले नदीको जलस्तर खतराको निशानासम्म पुग्छ । सबै गेट नखोल्नका लागि नेपालका प्रशासन भारतको आलोचना गर्छ । 

कोशी नदीलाई ‘बिहारको शोक’ पनि भनिन्छ । यो असंख्य पटकको बाढीका कारण विनाश मच्चाइसकेको छ । २००८ मा पानी यसको किनारा तोड्दै ठुलो क्षेत्रमा विनाश मच्चाएको थियो । हजारौँ मानिसहरुको मृत्यु भएको थियो । भारत र नेपालमा कम्तीमा ३० लाख मानिसहरु प्रभावित भएको थियो । 

 

अब यो ब्यारेज लगभग ७० वर्ष पुरानो छ र आशंका छ कि ढुलो बाढीले यसलाई तोड्न सक्छ । भारत यस ब्यारेजको उत्तरमा एक बाँध बनाउनका लागि योजना तयार गर्दैछ । यो बाँध पनि नेपालमा नै बन्नेछ । 

कुनै समय यो पहाड नदीको प्रभावमा नियन्त्रण लगाइन्थ्यो । यसले नेपाल र भारतको सीमामा हुने नोक्सान कम गथ्र्यो । तर वनजंगलको कटाव र उत्खनन्ले यी पहाडको कमजोर बनाएको छ । 

निर्माणको रफ्तारमा अचानक भएको बढोत्तरीका कारण यहाँ नदीको तटमा गिट्टी, बालुवाका लागि उत्खनन् पनि बढेको छ । भारतको उत्तर प्रदेश र बिहारको विनिर्माण उद्योग पनि यस इलाकाको प्राकृतिक संशासधनलाई विनाश गर्न बढावा दिइरहेको छ । 

 

अधिकारीहरु यी प्राकृतिक बाधाहरु हटाएका कारण मनसुनी झरीमा आउने बाढी नियन्त्रणबाहिर गइरहेको छ । 

केही वर्ष पहिले ठुलो स्तरमा एक संरक्षण अभियान चलाइएको थियो तर त्यसले पनि कुनै सुधार ल्याएन । अब प्राकृतिक संशाधनको दोहन खतरनाक स्तरमा पुगिसकेको छ । यस क्षेत्रका पर्यावरण नेपालको मैदानी इलाकाको भविष्यका लागि मात्रै होइन उत्तर प्रदेश र बिहारका लागि पनि महत्वपूर्ण छ । भारत वनको कटाव र उत्खनन् को नियन्त्रित गर्न नसकेको भन्दै नेपालको आलोचना गरिरहन्छ । 

जलवायु परिवर्तनको कारण अब मनसुन प्रचण्ड भइसकेको छ । यस्तोमा छिमेकी देशबीच झगडा अझै बढ्ने होकि भन्ने विशेषज्ञमा डर छ । – नवीन सिंह खड़का/बीबीसी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + nineteen =