यी बाबुले गरे बिमाको प्रलोभनमा आफ्नै ४ बर्षिय छोरीको हत्या

 

असार २०, रौतहत । रौतहटमा एक बाबुले बिमाको रकम पाउँने प्रलोभनमा परी आफ्नो ४ बर्षिय छोरीको हत्या गरेकाे छ । 

रौतहटको मौलापुर नगरपालिका–६, पथरा बुधरामका रामकिशोर राय यादवले जीवन बीमा कम्पनीबाट पाउने रकमको प्रलोभनमा परी आफ्नै ४ वर्षीया छोरी लक्ष्मीकुमारी यादवको हत्या गरेको हाे 

null

असार १७ गते घरमा राती आमासँगै सुतिरहेकी बालिकालाई सुतिरहेकै अवस्थामा बोकेर लगी नाक मुख थुनेर हत्या गरी पोखरीमा फालेको अभियुक्त यादवले स्वीकारेका छन् । 

मृतक बालिकाको शव भोलिपल्ट बिहान सोही पोखरीमा फेला परेको प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिएका छन् । 

गत जेठ १९ गते यादवले गरुडाको प्रभु लाइफ इन्सुरेन्स कम्पनीमा छोरीको नाममा २५ लाखको जीवन बीमा गरेको र बीमा गरेको एक महिनाभित्र बिमित व्यक्तिको मृत्यु भएमा दोब्बर रकम पाउने कुरा सुनेका यादवले हत्याको योजना बनाई छोरीको हत्या गरेको भनी यादवले बयान दिएको प्रहरीले बताएका छन् । 

बालिकाको हत्या भएपछी घटनाको अनुसन्धान गर्ने क्रममा राम किशोरको गतिविधि शंकास्पद भेटिएपछी प्रहरीले उनलाई पक्राउ गरी अनुसान्धन थालेका थिए । 

प्रहरीका अनुसार पक्राउ परेका यादवमाथी मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप गरिएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *