अण्डा उत्पादक संघको अध्यक्षमा केसी निर्वाचित, साना किसानले सप्लायर्सलाई पछारे

चितवन, १२ साउन ।  नेपाल अण्डा उत्पादक संघको केन्द्रिय अध्यक्षमा शिवराम केसी निर्वाचित भएका छन् । यसअघि दुई पटक अध्यक्ष भईसकेका केसीले रघुनाथ भट्टलाई भारी मतान्तरले पराजित गर्दै तेश्रो कार्यकालका लागि पुन अध्यक्षमा निर्वाचित भएका हुन् ।विशेष साधारण सभा तथा अधिवेशनको आईतवार विहान सम्पन्न भएको अन्तिम मतपरिणाम अनुसार केसीले भट्टलाई २१४ मतले पराजितत गरेका हुन् । केसीले ३९७ मत पाउँदा भट्टले १८३ मत मात्र प्राप्त गरेका थिए । निर्वाचनमा कुल ५९० मत खसेकोमा ३ मत वदर भएको थियो । 

केसी र भट्टले छुट्टा छुट्टै समुह बनाएर निर्वाचनमा होमिएका थिए । ६ सदस्यका लागि १२ जनाको उम्मेदवारी थियो । सदस्यहरुमा किरण भुषण ओली ३८८ मत, राजकुमार श्रेष्ठले ३५९ मत, विनोद अधिकारीले ३१७ मत, भरत कार्कीले ३१० मत, प्रविण केसीले ३०७ र ललितबहादुर जिसीले २६६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । 

निर्वाचित केसी समुहलाई अण्डा उत्पादक साना किसानहरुको साथ थियो भने भट्टलाई सप्लायर्स लगायत केही सदस्यहरुको समर्थन प्रष्ट देखिन्थ्यो । निवर्तमान अध्यक्ष त्रि    लोचन कडेंलको कार्यशैली प्रति असन्तुष्ठी जनाएका बहुमत किसानहरुले जेष्ठ २४ गते भएको साधारण सभाले केसीलाई नै समर्थन जनाउँदै अध्यक्ष बनाएका थिए । तर त्यसले वैधानिक नपाएपछि जिल्ला प्रशासन कार्यालय चितवनको निगरानी विशेष साधारण सभा तथा अधिवेशन गरिएको हो ।कडेंल अध्यक्ष हुँदा किसानको हितमा नलागेको आरोप छ । अण्डाको मुल्यमा गिरावट आउँदा समेत उनले केही पहल नगरेको अधिकांश किसानले बताउँदै आएका छन् । अध्यक्षमा पुन निर्वाचित शिवराम केसीले संघ भित्र देखिएको विवादलाई समाधान गर्दै किसानको हकहितमा निरन्तर लागिरहने प्रतिवद्धता जनाएका छन् । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *