आफूले राजीनामा दिएको सिद्धुले सामाजिक संजालबाट जानकारी गराए
२०७६ असार ३० गते

असार २९, भारत । कांग्रेस नेता नवजोत सिंह सिद्धुले पञ्जाबको मन्त्रीमण्डलबाट राजीनामा दिएको ट्वीट गरेर जानकारी दिएका छन् ।
सिद्धुले ट्वीट गरेर आफूले मुख्यमन्त्री अमरिंदर सिंहलाई आफ्नो राजीनामा पठाएको जानकारी गराएका हुन् ।
null
लामो समय देखी पञ्जाबका मुख्यमन्त्री अमरिंदर सिंह सँगको सम्बन्धमा खट्पट चल्दै आएका सिद्धुले राजीनामा सम्बन्धी जानकारी दिन गरिएको ट्वीट भन्दा पहिले उनले जुन १० मा कांग्रेस अध्यक्ष राहुल गान्धीलाई एक सन्देश पनि ट्वीट गरेका थिए ।
मुख्यमन्त्री अमरिंदरले लोकसभा चुनावमा राज्यमा कांग्रेसले राम्रो गर्न नसक्नुमा सिद्धु दोषी भएको आरोप लगाएका थिए ।
२०७६ असार ३० गते
प्रतिक्रिया
सम्बन्धित








