दसैँ अघि काठमाडौँबाट हेटौँडा तीन घन्टामै पुग्न सकिने

हेटौँडा, , १४ साउन । काठमाडौँ जोड्ने छोटो दूरीको वैकल्पिक मार्ग कान्ति लोकपथ दसैँसम्ममा पूर्ण रुपले सञ्चालनमा ल्याउने तयारी गरिएको छ । यात्रु र मालबाहक सवारी गुडाउन मिल्ने गरी तयारी तीब्र पारिएको छ । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा निर्दोष घोरसाइनेले लेखेका छन् । ट्रयाक खुलेको ६ दशकपछि कान्ति लोकपथमा ठूला सवारी सञ्चालन गर्न लागिएको हो । यो सडकको ट्रयाक वि.सं.२०१३ सालमा खुलेको हो ।
चार किलोमिटर सडक चौडा गर्न बाँकी छ । वर्षालगत्तै चौडा पार्ने काम सम्पन्न हुन्छ आयोजनाका अधिकारीले बताएका छन् । यो बाटो सञ्चालनमा आएपछि हेटौँडाबाट मुग्लिन हुँदै काठमाडौँ आउने दुई सय २६ किमी, हेटौँडा पालुङ काठमाडौँको एक सय २६ किमी र बल्खु कुलेखानी हेटौँडाको ९६ किमी बाटोको विकल्प तयार हुनेछ । कान्ति लोकपथको ७९ किमी आयोजना र ११ किमी डिभिजन सडक कार्यालय ललितपुरले निर्माण गर्दैछन् ।
null
हाल ४५ किमी सडक पिच भइसकेको छ । चालु आवमा ३० किमी पिच गर्ने लक्ष्य छ । दुई वर्षभित्र सबै सडक पिच हुने आयोजनाले जनाएको छ । कान्ति लोकमार्ग सञ्चालनमा आएपछि ललितपुरको सातदोबाटो, (चापागाउँदोबाटो), सुनाकोठी, चापागाउँ, टीकाभैरव, तीनपाने भन्ज्याङ, झाँक्रीडाँडा, छपेली, काल्चे, बाग्मती नदी, बगुवा, ठिंगन, मकवानपुरको आलेभन्ज्याङ, बुद्धचोकसम्म (९० किमी) तीन घन्टामा पुग्ने योजनाको दाबी छ ।








