दाजु बहिनीको पोखरीमा डुबेर मृत्यु
२०७६ साउन १३ गते

सिरहा, १३ साउन । अर्नामा गाउँपालिका–४ लक्ष्मीपुर गाउँमा आइतबार साँझ दाजु बहिनीको पोखरीमा डुबेर मृत्यु भएको छ । स्थानीय विमल यादवका छोरा १० वर्षीय दिपक र सात वर्षीया छोरी नन्दनी आइतबार साँझ ७ बजेतिर पोखरीमा डुबेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रहरीका अनुसार बिहान करिब ११ बजेतिर खेल्न निस्किएका दाजु बहिनी बेलुकासम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा पोखरीमा मृत फेला परेका हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०७६ साउन १३ गते
प्रतिक्रिया
सम्बन्धित








