बढी पहिरोले प्रदेश १ मा मात्रै १९ काे ज्यान लियाे, खान बस्न समस्या

 

असार २९, विराटनगर । गत बिहीबारदेखि आएको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी १९ जनाको मृत्यु भएको छ । 

प्रदेश नं. १ का सुनसरी, भोजपुर, ओखलढुंगा, खोटाङ, इलाम, झापा, उदयपु र पाँचथर जिल्लामा बाढी पहिरोका कारण आइतबार दिउँसो २ बजे सम्ममा १९ जनाको मृत्यु भएको हो । 

null

बाढी पहिरोका कारण सुनसरीमा १, भोजपुरमा ५, ओखलढुंगामा ४, खोटाङमा ३, इलाममा १, झापामा २, उदयपुरमा २ र पाँचथरमा १ जनाले ज्यान गुमाएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता वरिष्ठ प्रहरी उपरिक्षक किशोर कुमार दाहालले जानकारी दिए । 

हालसम्म प्रदेश १ मा बाढीपहिरोमा परी ८ जना बेपत्ता भएका छन् । झापाका १, मोरङका ३, सुनसरीका १ र इलमका ३ व्यक्ति बेपत्ता रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरिक्षक दाहालले बताए । 

उनले हाल सम्म बाढी पहिरोको प्रकोपमा परेका १ हजार ९ सय जनालाई उद्धार गरिसकिएको जानकारी दिए । 

लगातार परेको अविरल वर्षासँगै खोलामा आएको बाढीले प्रदेश नं. १ को राजधानी रहेको मोरङमा ४ हजार २ सय ५१ जना विस्थापित भएका छन् । 

विस्थापित भएका बाढीपीडितहरू खुल्ला ठाउँमा त्रिपाल टाँगेर खुल्ला ठाउँमा बसोबास गर्न बाध्य छन् । विस्थापित हुने अधिकांश खोला किनारमा बसोबास गर्ने सुकुम्बासी परिवार रहेका छन् । 

विस्थापित परिवारलाई स्थानीय जनप्रतिनिधि र जिल्ला प्रशासन कार्यालय मोरङको सहयोगमा सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीको सहयोगमा उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ । घरभित्र पानी पसेपछि स्थानीय त्रसित बनेका थिए । घरमा पानी पसेपछि खान बस्न समस्या भएको बाढी पीडितहरू बताउँछन् । 

अविरल वर्षाका कारण विभिन्न खोलाहरूमा आएको बाढी बस्तीमा पस्दा त्यस्तै १ हजार ४७ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक राज कुमार खिउँजुले जानकारी दिए । 

मोरङमा सबैभन्दा बढी विराटनगर महानगरपालिकाको विभिन्न वडाहरूमा रहेका सुकुम्बासीहरू डुबानमा परेका छन् । प्रदेश नं. १ को राजधानी विराटनगरका १,२, ६, ७, ८, १२, १६,१९, कटहरी गाउँपालिकाको २ नं. वडा, शिशवनी जहदाको १, २, ३, ५, ७, रतुवामाई नगरपालिकाको वडा नं. १०, ग्रामथान गाउँपालिकाका ६, ७ उर्लाबारी नगरपालिकाको ८ र पथरी शनिश्चरे नगरपालिकाको ५ नं. वडा बाढीले बढी प्रभावित भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक खिउँजुले जानकारी दिए । 

मोरङका प्रमुख जिल्ला रमेशकुमार केसीले बाढीपीडितहरुलाई हरेक स्थानीय तहमा गठन भएको विपद् व्यवस्थापन समितिले विपद् व्यवस्थापन कोष खडा गरेर तत्काल राहात र क्षतिपूर्तीको प्रबन्ध गर्नसक्ने अवस्था रहेको उनले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *