‘छ माया छपक्कै’ १ करोडमा बिक्री !

 

असार १७, काठमाडौं । चलचित्र ‘छ माया छपक्कै’ को छायांकन नसकिँदै ओभरसिज राइट्स १ करोडमा बिक्री भएको छ । 

चलचित्रको एउटा गीतको छायांकन बाँकी रहँदा नै निशान बजगाँइले चलचित्रको इन्टरनेश्नल राइट्स १ करोड १५ लाखमा किनेका हुन् । योसँगै विदेशमा यो चलचित्र रिलिज गर्न चाहनेले उनीसँग सम्पर्क गर्नुपर्नुे छ । 

null

आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् । 

चलचित्रमा दिपकराज गिरी, केदार घिमिरे, जीतु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट लगायतका कलाकारहरुको मुख्य भूमिका रहने छ । 

चलचित्रलाई दशैंमा रिलिज गर्ने तयारी गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =