ओखलढुंगामा बस दुर्घटना : तीनको मृत्यु, १९ जना घाइते

काठमाडौं, २५ असार । ओखलढुंगाको मानेभज्याङ गाउँपालिका ६ डढुवामा बस दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ । भने, अन्य १९ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । 

 

काँकरभिट्टाबाट सोलुखुम्बु तर्फ जाँदै गरेको मे १ ख १८९१ नम्बरको बस सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाका गम्भीर घाइते तीन जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । 

null

त्यस्तै, घाइतेहरुको उदयपुरको घुर्मीस्थित आस्था र जनसेवा मेडिकलहलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + seven =