महोत्तरीमा भप्सी पुल बाढीले बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका अन्तर्गत पूर्व पश्चिम राजमार्गमा पर्ने भप्सी पुल बाढीले बगाएको छ । लगातारको वर्षाका कारण आएको बाढीले पुल भत्काएपछि राजमार्गमा आवतजावत ठप्प भएको छ । खहरे खोला रहेकाले केहीले पानी कम भएका बेला जोखिम लिएरै खोला तरिरहेका छन् । 

यसैबिच मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले अविरल वर्षाका कारण जिल्लामा सतर्कता अपनाईएको बताए । त्यसैगरि रातभर भएको वर्षाबाट कुनै अप्रिय घटना नभएको उनले स्पष्ट पारेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + four =