यूएईका प्रधानमन्त्री समक्ष नेपाली राजदूत ढकालले बुझाए ओहोदाको प्रमाणपत्र

असार २३, काठमाडौं । यूएईका लागि नवनियुक्त नेपाली राजदूत कृष्णप्रसाद ढकालले यूएईका प्रधानमन्त्री शेख मोहम्मद बिन रशीद अल मुक्तमसक्षम ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।
ढकालले आइतबार यूएईका उप–शेख मोहम्मदसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । उनीसहित १० देशका राजदूतले पनि त्यहाँका प्रधानमन्त्री समक्ष आइतबार नै ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।
null
नेपालसहित यूएईका लागि नवनियुक्त अन्य १० देश थाईल्याण्ड, रसीया, इथोपीया, अजरबैजन, कोशोभो, बेलारुस, कोरिया, फीनल्याण्ड र इराकले ओहोदाको प्रमाणपत्र बुझएको नेपाली दूतावास आबुधाबीले जनाएको छ ।
ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै यूएईका प्रधानमन्त्री शेख अल मक्तुमले दुई देशबिचको सम्बन्धको विकास र नागरिकको हितमा सदैव आफू र आफ्ना मन्त्रालयले समन्वय गर्ने बताए । विशेष समारोहमा यूएईका विभिन्न प्रान्तका प्रमुख तथा मन्त्रालयका उच्च अधिकारीहरुको सहभागीता थियो ।
नेपालले गएको फागुन अन्तिम साता यूएईका लागि राजदूतको रुपमा परराष्ट्र सेवामा कार्यरत ढकाललाई यूएई पठाएको थियो ।








