बढी पहिरोमा ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले १ लाख दिने

 

असार २९, विराटनगर । लगातारको वर्षाका कारण बाढी पहिरोमा परि मृत्यु भएका व्यक्तिहरुका परिवारलाई प्रदेश नं. १ को सरकारले १ लाख रुपैयाँ दिने भएको छ । 

सरकारले बाढी, पहिरो र डुवानमा परेर ज्यान गुमाउनेका परिवारलाई तत्कालका लागि १ लाख रुपैयाँ उपलब्ध गराउने भएको हो ।  प्रदेश सरकारले नियमित विपत्त कोषमार्फत तत्काललाई राहत स्वरुप १ लाख रुपैयाँ दिन लगिएको हो । 

null

प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता हिक्मत कार्कीले बाढी र डुवानमा घाईते भएकाको निःशुल्क उपचार व्यवस्था गरिने जानकारी दिए । 

मन्त्री कार्कीले बाढी र डुबानका कारण अवरुद्ध बाटो खुलाउन र उद्धार गर्न तीन वटै सुरक्षा अंग परिचालन गरिएको बताए । प्रदेश नं. १ का आइतबार दिउँसो २ बजे सम्म बाढी पहिरोमा परि १८ जनाले ज्यान गुममाएका छन् भने ८ जना विस्थापित भएका छन् । 

प्रदेश नं. १ को राजधानी रहेको मोरङ जिल्लामा मात्र ४ हजार २ सय ५१ ज्ना विस्थापित भएका छन् । बाढीको सवै भन्दा बढी प्रभाव प्रदेशको राजधानी विराटनगरमा परेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *