रत्ननगरमा फेसन डिजाइन तालिम

 

असार १६, चितवन ।  चितवनको रत्ननगरमा सोमवारदेखी फेसन डिजाईन तालिम सुरु भएको छ । 

घरेलु तथा साना उद्योग कार्यालय, चितवनको आयोजना तथा रत्ननगर उद्योग वाणिज्य संघ र शक्तिशाली आमा समुह सहयोगमा महिला व्यवसायीहरुलाई १५ दिने फेसन डिजाइन तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्दै प्रदेश साँसद कृष्ण प्रसाख खनालले सिप सिकेर व्यवहारमा लागु गरि आय आर्जनका लागि अगाडि बढनु पर्नेमा जोड दिए । 

null

सिपलाई उजागरण गरी बजार सुहाउंदो सामाग्री उत्पादन गर्न सके तालिम निकै फलदायी हुने उनको विश्वास थियो । न्युन वर्गका टेलरिङ व्यवसाय संचालन गरि रहेका र तालिम प्राप्त गरेका १५ जना महिलाहरु सहभागिता रहेको तालिममा फेसन डिजाइन अनिता तामाङ्गले प्रशिक्षण दिने छिन् । 

रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटी, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख रमेश कर्माचार्य ,संंघका उपाध्यक्ष उद्योग रघुनाथ भट्ट , संघकी कार्यसमिति सदस्य तथा शक्तिशाली आमा समुहका अध्यक्ष विरन्जना घिमिरे लगायतले मन्तव्य राखेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *