मेलम्चीमा सोझै ठेक्का दिएर एक अर्ब घोटाला

काठमाडौं, १९ असार । आज प्रकाशित दैनिक पत्रिकाहरुले विविध विषय उठाएका छन् । विषयवस्तुको उठानमा विविधता भए पनि अधिकांशले अनियमितता र बेथितिमाथि मुख्य समाचार लेखेका छन् । 

कान्तिपुरले ‘सबै निकुञ्जभित्र रिसोर्ट’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ । तराईका राष्ट्रिय निकुञ्ज वा आरक्षणमा पाल टाँगेर तथा पहाडी र हिमाली क्षेत्रमा स्थायी पूर्वाधार बनाएर होटल तथा रिसोर्ट चलाउने तयारी भइरहेको दाबी गरेको छ । कान्तिपुरका अनुसार वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको पहलमा निकुञ्ज, आरक्षण वा संरक्षण क्षेत्रभित्र १० देखि २० वर्षसम्म केबलकार र रोपवेसहित होटल, रिसोर्ट, लजलगायतका पूर्वाधार खडा गरी पर्यटकीय सेवा सञ्चालन गर्न दिनेगरी ‘संरक्षित क्षेत्रभित्र पर्यटकीय सेवा सञ्चालन तथा नियमन गर्नेसम्बन्धी कार्यविधि ल्याउन लागिएको हो । 

 

null

अन्नपूर्णले मेलम्चीमा सोझै ठेक्का दिएर एक अर्ब घोटाला भएको निचोड निकालेको छ । डेढ अर्बमा सकिने काम भए पनि दुई अर्ब ६३ करोड रुपैयाँमा ठेक्का दिइएको भन्दै उसले यसलाई गम्भीरतापूर्वक लिन सबैमा आग्रह गरेको छ । संघीय संसद्का सांसद्ले दसैंभत्ता मागेको अर्को खबर पनि अन्नपूर्णमा छ । जनताबाट चुनिएका सांसदले मासिक पारिश्रमिक त लिएकै छन् । कर्मचारी भत्ता देखेर लोभिएका सांसदले हुँदाहुँदा आफूले पनि भत्ता पाउनुपर्ने माग गरेका हुन् । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =