१५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक पूरै स्थगित

 

असार २४, काठमाडौँ । १५ मिनेट भनेर स्थगित गरिएको प्रतिनिधिसभाको बैठक आज पूरै स्थगित भएकाे छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाको विरोधका कारण १५ मिनेटको लागि बैठक स्थगित गरिएको थियो । 

बिहान बसेको बैठकमा विप्लवका कार्यकर्ता कुमार पौडेल मारिएको घटनाबारे गृहमन्त्री रामबहादुर थापाले दिएको जवाफ चित्त नबुझेको भन्दै प्रतिपक्षी सांसदहरु नाराबाजीमा उत्रदै रोष्टम घेराउ गर्न पुगेपछि १५ मिनेटका लागि स्थगित गरिएको बैठक फेरि पुनः बस्न सकेन् । 

null

सभामुख कृष्णबहादुर महराले विपक्षीको माग बमोजिम संसदीय छानबिन समिति बनाउने विषयमा प्रतिवद्धता जनाएपनि नाराबाजी भने रोकिएन बुधबार एक बजे सम्मका लागि बैठक स्थगित गरिएको भनेर सूचना संसद सचिवालले सूचना टाँस गरेर जानकारी गराएको हो । 

टाँस गरिएको सूचनामा लेखिएको छ, ‘आज मिति २०७६ साल असार २४ गते मंगलबार १५ मिनेटपछि बस्ने गरी स्थगित गरिएको प्रतिनिधिसभाको बैठक विशेषकारणवस बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय सभामुखज्यूले अर्को बैठक २०७६ साल असार २५ गते बुधबारको दिन १ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जनकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *