विजय लामाद्वारा नागरिक उड्डयन प्राधिकरणविरुद्ध मुद्दा

 

साउन ३, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) को प्रवक्ताबाट हटाउन दबाब दिएको भन्दै वरिष्ठ पाइलट विजय लामाले नागरिक उड्डयन प्राधिकरणविरुद्ध मुद्दा दायर गरेका छन् । 

पाइलट लामाले प्राधिकरणका वरिष्ठ क्याप्टेन डिआर निरौलासहितको टिमविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका हुन् । 

null

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्स व्यवस्थापनलाई दबाब दिएर आफूलाई प्रवक्ता पदबाट हटउन लगाएको लामाको आरोप छ । 

नेपाल एयरलाइन्सको विमान उडानमा रोक लगाउँदै ड्रागन एयरको विमानलाई विमानस्थल कार्यालयले उडान अनुमति दिएको विषयमा पाइलट लामाले मिडियामा दिएको अभिव्यक्तिको विषयमा प्राधिकरणले उनलाई कारबाही गर्न निगममा सिफारिस गरेको थियो । 

नेपाल एयरलाइन्सले लामालाई पाइलट र प्रवक्तामध्ये एकमा मात्रै भूमिका दिनुु भन्दै निगमलाई भदौ दोस्रो साता पत्र काटेको थियो । उनलाई निलम्बन समेत गरिएको थियो । आलोचना तीव्र भएपछि निलम्बन फुकुवा गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + eighteen =