इक्यान मेलाको अवलोकन गर्दै केकीले भनिन्– ‘विदेश जाने विद्यार्थीलाई उपयुक्त थलो हो’

असार २८, काठमाडौं । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको १३ औं इक्यान शैक्षिक मेलामा शनिबार कलाकार तथा नेताहरुले अवलोकन गरेका छन् ।
शनिबार कलाकारहरु केकी अधिकारी, विशाल भण्डारीले मेला अवलोकन गरे । अभिनेत्री अधिकारीले इक्यान शैक्षिक मेलाले उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीका लागि निकै फलदायी हुने बताइन् ।
null
उनले भनिन्, ‘अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई काउन्सेलिङका लागि इक्यान मेला उपयोगी हुनेछ, एकै थलोबाट विद्यार्थीले सम्पूर्ण जानकारी पाउनु विद्यार्थीका लागि अवसर पनि हो ।’
अब्रोड स्टडी सम्बन्धी सम्पूर्ण जानकारी एकै ठाउँबाट दिने गरी आयोजना भएको एजुकेशन मेलामा सूचनासँगै सम्पूर्ण जानकारी पाइने भएकाले विद्यार्थी र उनीहरुका अभिभावकलाई मेला उपयुक्त थलो भएको केकीले बताइन् ।
केकी निर्माता रहेको रियालिटी शो ‘कमेडी च्याम्पियन’ केही समयपछि सुरु हुँदैछ ।
मेलामा नेकपाका नेता नारदमुनी रानाले समेत अवलोकन गरे । उनले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई लक्षित गरी आयोजित मेलाले उच्च शिक्षा, विश्वविद्यालय तथा कलेजबारे विद्यार्थीहरुले जानकारी पाउने भएकाले मेला उपयोगी भएको बताए ।
प्रत्येक वर्ष नेपालबाट उच्च शिक्षाका लागि ५० हजारभन्दा बढी विभिन्न ७२ वटा देशमा उच्च शिक्षाका लागि जाने गरेका छन् । शिक्षामन्त्रालयका अनुसार गत वर्ष सबैभन्दा बढी अष्ट्रेलिया र जापानमा अध्ययन गर्नका लागि विद्यार्थीहरु जानका लागि नो अब्जेक्सन लेटर लिएका छन् ।
मेलामा अष्ट्रेलिया, जापान, अमेरिका, न्यूजिल्याण्ड, क्यानडा, यूरोप, भारतलगायतका देशका विश्वविद्यालय तथा कलेजका प्रतिनिधि उपस्थित छन् । विद्यार्थीहरुले प्रत्यक्ष साक्षात्कारमार्फत बैदेशिक शिक्षाबारे जानकारी लिन सक्नेछन् ।
इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले विद्यार्थीलाई वैदेशिक शिक्षाबारे जानकारीसँगै उनीहरुलाई करिअर काउन्सेलिङ समेत गरिने बताए । उनले भने, ‘मेलामा आउने सम्पूर्ण विद्यार्थीलाई उनीहरुको क्षमता पहिचान गरी कुन देश जान उपयुक्त हुन्छ, कुन विषय पढ्ने लगायतका जानकारी उपलब्ध गराउँदै आएका छौं ।’
इक्यानका अनुसार शनिबार मात्रै १५ हजारभन्दा बढी विद्यार्थी तथा अभिभावकले मेलाको अवालोकन गरेका छन् । मेलामा ३०० भन्दा बढी स्टलबाट वैदेशिक शिक्षाका बारेमा जानकारी उपलब्ध गराइएको छ ।
असार २९ गते आइतबारसम्म चल्ने मेलामा चार वटै दिन रक्तदान तथा प्राथमिक उपचारको व्यवस्था समेत गरिएको छ । साथै मेलामा नेपाल फोटो पत्रकार महासंघले सुन्दर नेपाल शीर्षकको फोटो प्रदर्शनी भइरहेको छ ।








