निर्मला प्रकरणका अपराधी कुनै हालतमा उम्किँदैनः गृहमन्त्री

साउन १३, काठमाडौं । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यारा पत्ता अनुसन्धान जारी राखिएको बताएका छन् ।
संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सोमबारको बैठकमा गृहमन्त्री थापाले निर्मला प्रकरणको अनुसन्धान जारी रहेको बताएका हुन् ।
null
निर्मला प्रकरणमा निलम्बित प्रहरी केन्द्रीय अनुसन्धान व्युरो सिआइबीका डिएसपी अंगुर जिसीले दिलिप सिंह विष्ट नै अपराधी भएको दाबी गरिरहँदा गृहमन्त्री थापाले डीएनए परीक्षण नमिलेका कारण विष्टलाई दोषी किटान गर्न नसकिएको स्पष्ट पारे ।
‘कतिपय घटनाको अनुसन्धान जटिल हुन्छ । अपराधी तत्काल पत्ता लगाउन कठिन हुन्छ । अपराधी कुनै पनि हालतमा उम्किँदैन, अनुसन्धानमा गैरव्यावसायिक कार्य गर्ने प्रहरी निगरानीमा छन्’, मन्त्री थापाले भने ।
बैठकमा उनले यस्तै, गृहमन्त्री थापाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठनको प्रक्रिया अघि बढाइएको पनि जानकारी गराए ।
विपद्बाट सर्वसाधारणको जीउ ज्यान, नीजि तथा व्यक्तिगत सम्पत्ति, प्राकृति, सांस्कृतिक सम्पदा र भौतिक संरचनाको संरक्षण गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली कार्यान्वयनमा रहेको उनले बताए ।
यस्तै मन्त्री थापाले आर्थिक वर्ष २०७५र०७६ मा गृह मन्त्रालयले बनाएको कार्यक्रम तथा योजना सफल रहेको दाबी पनि गरे ।
उनले भने, ‘गत आर्थिक वर्षमा गृहले लिएको जिम्मेवारी कार्यान्वयनमा मुलभुत रुपमा सफल भएका छौं, अहिले देखिएका कमिकमजोरीलाई सुधार गर्दै आगामी वर्ष थप सफलता प्राप्त गर्नेगरी योजना बनाउन आवश्यक छ।’
उच्च कार्यसम्पादन स्तर भएका सुरक्षाकर्मीहरुको मनोबल उच्च बनाई अपराध अनुसन्धामा व्यवसायिकता प्रदर्शन गर्दै लगिएको पनि जानकारी दिए ।








