खुर्पा प्रहार गरी जेठाजुको हत्या

गोरखा, १७ असार । गोरखाको सहिद लखन गाउँपालिका ७ पिपलछाप चारघरेकी गौरीमाया रानाले खुर्पा प्रहार गरी जेठाजुको हत्या गरेकी छन् । ५२ बर्षकी रानाले सोमबार दिउँसो करीब एक बजे ८२ वर्षका जेठाजु बलबहादुर रानालाई खुर्पा प्रहार गरेकी प्रहरीले जनाएको छ । 

 

खुर्पा प्रहारबाट टाउको, घाँटी, ढाड लगायतका ठाउँमा गम्भीर चोट लागेका रानाको गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गौरीमायाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले खुर्पा प्रहार गर्नुको कारणबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + eight =