छुद्र ग्रह ‘सिटी किलर’ पृथ्वीसँग ठोक्किनबाट जोगियो

काठमाडौं, १३ साउन । एक सहरलाई ध्वस्त पार्न सक्ने एक छुद्र ग्रह ‘सिटी किलर’ पृथ्वीसँग ठोक्किनबाट जोगिएको वैज्ञानिकहरूले बताएका छन् । करिब सय मिटरको उक्त छुद्र ग्रह २०१९ ओके प्रतिसेकेन्ड २४ किलोमिटर बेगले पृथ्वीको नजिकबाट बिहीबार बिहान ११ बजेर २२ मिनेटमा हुँकिएर गएको थियो । 

सूर्यको दिशाबाट पृथ्वीतर्फ आइरहेको भएर उक्त छुद्र ग्रहका विषयमा खगोल शास्त्रीहरूलाई कुनै जानकारी नै हुन नसकेको जनाइएको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।मोनास युनिभर्सिटीका उपप्राध्यापक माइकल ब्रोनले भने, ‘यो अत्यन्तै नजिक हो । यो गइसकेको छ भन्ने मैले अझै सोच्न सकेको छैन । यो साँच्चिकै ठूलो कुरा हो ।’यो एक सहर ध्वस्त पार्न सक्ने छुद्र ग्रह हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *