धरानका ७ श्रष्टाहरु सम्मानित

सुनसरी, २१ असार । धरान प्रज्ञा प्रतिष्ठानले विभिन्न विधामा ६ जनालाई नगद सहित सम्मान गरेको छ । कला, भाषा, साहित्य एवं गीत संगीतको सम्वृद्धिमा योगदान पुर्याउने विभिन्न ६ व्यक्तित्वहरुहरुलाई नगद सहित सम्मान गरिएको हो । भने, एक अग्रज व्यक्तित्वलाई अभिनन्दन गरिएको छ । जसमा सम्मानीत हुनेहरुमा कवि तथा अग्रज बामपन्थी बुद्धिजिवि कृष्णप्रसाद श्रेष्ठ ‘विए’लाई अभिनन्दन गरिएको हो । 

प्रतिष्ठानलाई अभिन्नदन गरेपनि श्रेष्ठ अस्वस्थ्यताको कारण कार्यक्रममा उपस्थित हुन सकेनन् । उनको अभिन्नदित सम्मान घरमा नै लगेर अभिनन्दन गरिने प्रतिष्ठानले जनाएको छ । यस्तै, प्रतिष्ठानले भाषाविद् प्रा डा टंक न्यौपाने, वरिष्ठ कवि बम देवान, अग्रज रंगकर्मी शारदा शाक्य, चित्रकार प्रनोद दत्त, नृत्य प्रशिक्षक मणिकुमार राई र जनवादी गायक जीवन भट्टराईलाई नगद २५ हजार सहित सम्मान गरेको छ । 

सबैलाई प्रतिष्ठानका संयोजक अम्बिका सम्बाहाम्फे र प्रमुख अतिथि एवं धरानकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले नगद तथा सम्मान पत्र प्रदान गरेकी थिइन् ।  कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख भण्डारीले धरानको साहित्य, कला, सँस्कृतिलाई उत्थान गर्नकै लागि प्रज्ञा प्रतिष्ठान गठन गरिएको उल्लेख गर्दै उपमहानगरपालिकाले भौतिक विकाससँगै बौद्धिक विकासमा पनि जोडदिएको बताइन् ।उनले कला, साहित्य, सँस्कृतिको विकासको लागि धरानमा पुर्वाधार विकासमा पनि ध्यान दिएको बताइन् । सम्मानित एवं भाषाविद् डा टंक न्यौपानेले प्रज्ञा प्रतिष्ठानले अनुसन्धान गर्न तर्फ ध्यान दिनुपर्ने र संघ संस्थाहरुलाई कार्यक्रम गर्न सहयोग गर्नुपर्ने बताएका थिए । सोही कार्यक्रममा सम्मनीत ब्यत्तित्वहरु रंगकर्मी शारदा शाक्यबाट नाटक अभिनय गरिएको थियो भने गीतकार जीवन भट्टराईबाट जनबादी गीत गाउन समेत लगाईएको थियो । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 7 =