धरानको पिण्डेश्वरमा साउने मेला सुरु, सभामुखले गरे जलाभिषेक

 

साउन २, धरान । धरानको प्रशिद्ध पौराणिक पिण्डेश्वर बाबा धाम मन्दिरमा साउने मेला सुरु भएको छ । प्रदेश सभामुख प्रदीपकुमार भण्डारीद्वारा बिहान ११ बजे जलाभिषेक गराई मेला सुरु गरिएको हो । 

साउन महिना लागेपछि प्रत्येक सोमबार जल चढाउने दैनिक हजारौं श्रद्धालुहरुको भीड लाग्ने गर्दछ । धार्मिक आस्था अनुुसार बराहक्षेत्र चतराधाम कोशी किनारबाट स्नान गरी जल बोकेर गेरुवा वस्त्रमा खाली खुट्टा बोलबमको नारा लगाउँदै पिण्डेश्वर धाममा जल अर्पण गरिन्छ । 

null

पिण्डेश्वर मन्दिरमा आयोजित जलाभिषेक कार्यक्रमका बिच प्रदेश सभामुख भण्डारीले मन्दिर परिसरमा रुद्राक्षको ५ वटा बिरुवा रोपेका छन् । साथै नेपाली कांग्रेसका प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठ, वडा १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराई, आन्नद आचार्य र बाबाधाम समितिका अध्यक्ष विकास बनेपालीले पनि वृक्षारोपण गरेका थिए । 

साउन महिना लागेपछि सबै देवी, देवता गुप्तबासमा बस्ने भएकाले मठ मन्दिरमा ठुला पुजापाठ हुँदैन । तर शिव भगवानको प्रिय महिना साउन भएकाले शिवजीको पूजा आरधना निर्वाध चल्ने हिन्दुधर्मका विद्वानहरुबताउँछन् । साउन महिनामा शिवको पूजा–आरधना गर्दा चिताएको पुग्ने धार्मिक विश्वास छ । 

बाबाधाम समितिका अध्यक्ष बनेपालीका अनुसार यसपालीका बोलबम मेलामा साउन भरीमा ५ लाखसम्म श्रद्धालुहरु पिण्डेश्वरमा जल अर्पण गर्न आउने अनुमान गरिएको छ । उनका अनुसार श्रद्धालुहरुलाई सदा झैं पु¥याइने सेवाहरुको सबै तयारी पुरा भइसकेको छ । 

यसपाली मेलाको प्रचार अभियान धरानबाट चतरा उदयपुर राजविराज, इनरुवा, दुहवी हुँदै मोरङको ग्रामीण इलाका रंगेली, झापा र इलामसम्म पुगेर अर्जुनधारा, माइधारा, दमक सम्म पुर्याएको उनले बताए । 

प्रचार टोलीले त्यहाँका जनप्रतिनिधि स्थानीय तह धार्मिक संघ संस्थाहरुमा भेट गरी पिण्डेश्वरमा जल चढाउन औपचारिक निमन्त्रणा समेत गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =