फेरी महाध्यानमा बसे धर्मगुरु बम्जन

असार १९, काठमाडौं । धर्मगुरु रामबहादुर बम्जन फेरि महाध्यानमा बसेका छन् ।
पछिल्लो समय बलात्कार, हत्या हिंसाको आरोप लागेका बम्जन कमलामाई नगरपालिका वडा नम्बर–८ पैरे सिन्धुलीमा रहेको आश्रम–काजोक्पामा असार १ गतेदेखि ३ वर्षसम्मका लागि ध्यानमा बसेका हुन् ।
null
विश्व शान्तिको निम्ति उनी ध्यानमा बसेको बोधि श्रवण धर्म संघले जनाएको छ ।
उक्त महाध्यान समय अवधिभित्र अनेक विशिष्ट पूजाआजा र शिष्यहरुलाई धार्मिक प्रशिक्षण प्रदान गरिने पनि संघले स्पष्ट पारेको छ ।
बम्जन यसअघि पनि पटक पटक ध्यानमा बसेका थिए । संघका अनुसार उनले २०६२ देखि २०६८ सम्म तपस्या गरिसकेका छन् । विश्व शान्तिको महामैत्रीका निमित्त अहिलेको महाध्यान केन्द्रित रहने संघको भनाइ छ ।
जारी महाध्यानबाट सम्पूर्ण प्राणी जगत, वनस्पती जगत र सम्पुर्ण अस्तित्वले ज्ञान, पुण्य तथा मुक्तिमोक्षको लाभ लिन सकिने संघले जानकारी गराएको छ।








