भारी वर्षाले लियो १९ जनाको ज्यान, स्कूल कलेज पनि बन्द

 

असार १७, नयाँ दिल्ली । मुम्बइको मलाड इस्टको पम्परिपाडामा भारी वर्षाका कारण पर्खाल भत्कँदा १३ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

यस्तै पुणेमा सिंघड कलेजको पर्खाल भत्किँदा ६ को मृत्यु भएको छ । 

null

 

लगातारको भारी वर्षाका कारण मुम्बई एयरपोर्टमा स्पाइस जेटको फ्लाइट चिप्लिएपछि रनवे बन्द गरिएको छ । 

त्यहाँको सरकारले मंगलबार सबै सरकारी र नीजि स्कूल–कलेज र अफिस बन्द गर्ने निर्णय समेत गरेको छ भने त्यहाँका थुप्रै इलाकामा पाँचदेखि ६ फिट पानी भरिएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *