उद्योगपति लक्ष्मी मित्तलका भाइ प्रमोद युरोपबाट पक्राउ

 

साउन ८। भारतीय उद्योगपति लक्ष्मी मित्तलका भाइ प्रमोद मित्तल (५७) लाई ३० करोड रुपैयाँ हिनामिनाको आशंकामा बुधबार युरोपमा पक्राउ गरियो । 

उनलाई बुधबार नै अदालतमा पेश गरिनेछ । लुकावासको उत्तर–पूर्वी इलाकामा कोकिंक प्लान्ट जिआइकेआइएलसँग सम्बन्धित आर्थिक हिनामिनाको मामलामा कारवाही भएको हो । 

null

एक हजार कर्मचारी भएको कोकिंग प्लान्टलाई प्रमोद मित्तलले सन् २००३ देखि सञ्चालन गर्दै आएका थिए । उनी जिआईकेआईएलका सुपरभाइजरी बोर्डका अध्यक्ष पनि हुन् । उनीमाथि पदको दुरुपयोगको आरोप पनि छ । 

चौथा संदिग्धविरुद्ध पक्राउ पुर्जी जारीः 

कम्पनीका जनरल म्यानेजर परमेश भट्टाचार्य र सुपरभाइजरी बोर्डका एक सदस्यलाई पनि पक्राउ गरिएको छ । बोस्नियाका सरकारी वकिल केजिक सेरहेटलिकका अनुसार यो मामलामा दोषी प्रमाणित भए ४५ वर्षसम्मको जेल सजाय हुनसक्छ । सेरहेटलिकले यो सांगठित आपराधिक समूहसँग सम्बन्धित चौथा व्यक्तिविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको जानकारी दिए । 

मिडिया रिपोर्ट अनुसार मित्तल र अन्य व्यक्तिमाथि २८ लाख डलरको हेराफेरीको आशंका छ । यसै वर्ष मार्चमा प्रमोदलाई दाइ लक्ष्मी मित्तलले १६ सय करोड भारु दिएर भारतमा आपराधिक कारवाहीबाट बचाएका थिए । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *