एक हजार ट्याक्सीमा किन टाँसियो बुद्धको स्टिकर ?

                                                                         ट्याक्सीमा बुद्धका स्टिकर टाँस्दै गायक धीरज राई 

असार २९, काठमाडौं । ‘बुद्ध वाज बर्न इन नेपाल’ अभियान चलाएर चर्चामा आएका गायक धीरज राईले एक हजार ट्याक्सीमा बुद्धका स्टिकर टाँसेका छन् । 

बुद्धको जन्म नेपालमा भएको प्रचार गर्नका लागि उनले आइतबार उपत्यकाको ट्याक्सी व्यवसायी तथा चालकसँगको समन्वयमा एक हजार ट्याक्सीमा बुद्धका स्टिकर टाँसेका हुन् । बुद्धको जन्मको विषयमा पर्यटनमा रहको भ्रम चिर्न ट्याक्सी पनि उपयुक्त माध्यम भएको उनको भनाइ छ । 

null

गतवर्ष मात्रै बुद्ध नेपालमा जन्मिएका हुन् भनेर गिनिज बुकमा नाम लेखाउनका लागि टुँडिखेलमा ५० हजार भन्दा बढी नेपालीको भेला गराएका राईले केही दिनअघि मात्रै कलेजहरुमा पनि बुद्धबारे पढाउँदै हिँडेका थिए भने पोखराको डुंगामा पनि बुद्धको स्टिकर टाँसेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *