गीतका करण पक्राउ परे गायक र गीतकारसहित चार जना

 

साउन १२, लखनउ । साम्प्रदायिक भावना भड्काउने खालको एउटा गीतलाई लिएर यसका गायकसमेत चार जनालाई लखनउ प्रहरीले पक्राउ गरेको छ । 

हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा एसएसपी कलानिधि नैथानीले पक्राउ पर्नेमा गायक गायक वरुण बहार भनिने वरुण उपाध्याय, गीतका लेखक गोंडा निवासी सन्तोष यादव र मुकेश पाण्डेयको साथै गीतलाई युट्युवमा आफ्नो च्यानल जनता म्युजिकल एन्ड पिक्चर्समा अपलोड गर्ने राजेश कुमार वर्मा रहेका छन् । 

null

वर्मालाई लखनउको अलीगञ्जस्थित उनको घर र बाँकी तीन जनलाई गोंडाको मनकापुर क्षेत्रबाट पक्राउ गरिएको हो । एसएसपी नैथानीका अनुसार सबैको बयान रेकर्ड गरिएको छ । 

सामाजिक सञ्जाल निगरानी सेलको गुनासोको आधार लखनउको हजरतगञ्ज थानामा उनीहरुविरुद्ध उजुरी दर्ता गरिएको थियो । आइपीसीको धारा १५३ ए (धर्मको आधारमा विभिन्न समूहमा द्वेष फैलाएको) अनुसार उजुरी दर्ता गरिएको छ । 

वरुण बहारद्वारा गाइएको गीत ‘जो न बोले जय श्री राम, उसके भेजो कब्रिस्तान…) सामाजिक सञ्जलमा भाइरल भएपछि देशका विभिन्न स्थानमा एफआईआर दर्ज भएको छ । 

रिपोर्टका अनुसार गीतलाई लिएर भएको विवादपछि गायक वरुणले पत्रकारसँग यसबारे दुःख व्यक्त गरेका छन् । उनले गीतमा कुनै धर्मको नाम नलिएको दाबी गरेका छन् । त्यस्तै, दक्षिणपन्थी संगठनहरुलाई आफ्नो जमानतका लागि अपील पनि गरेका छन् । 

वरुण बहारले लखनउ विश्वविद्यालयको भातखण्डे संगीत विद्यालयबाट पढाई गरेका छन् र पछिल्लो १२ वर्षदेखि गायनमा सक्रिय छन् । हफिङटन पोष्टसँगको कुराकानीमा वरुणले आफू जय श्री रामको भक्त भएको र यो गीत हिन्दुत्वको बारेमा भएको बताए । 

यता, गीत अपलोड गर्ने जनता म्युजिकले आफ्नो उद्देश्य कुनै पनि धर्मको धार्मिक भावनामा ठेस पुर्याउने उद्देश्य नरहेको स्पष्टिकरण दिएको छ ।जनता म्युजिकले उक्त भिडियो सामाजिक सञ्जालबाट हटाइसकेको जानकारी पनि दिएको छ । 

गत २५ जुलाईमा माकपा नेतृ वृन्दा करातले द्वेष फैलाउने भिडियोमाथि कारवाहीको माग गर्दै गृहमन्त्री अमित शाहलाई पत्र लेखेकी थिइन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *