कांग्रेसले साउन १६ देखि महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने

साउन ५, काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिका लागि साउन १६ देखि दुई दिनसम्म प्रशिक्षण दिने भएको छ । 

सातै प्रदेशका १२ ठाउँमा प्रशिक्षण चल्ने कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जानकारी दिएको छ । 

कांग्रेसले २०७६ सालभर प्रशिक्षण र जागरण अभियान चलाउने निर्णय गरेको छ । 

null

आइतबार बसेको प्रतिष्ठानको बैठकले जगदीशचन्द्र पोखरेलको संयोजकत्वमा पाठ्यक्रम निर्माण समिति समेत गठन गरेको छ । उक्त समितिमा नेतृ आरजु राणा देउवा, हरिहर विरही, राजु नेपाल र प्रशिश महरा सदस्य छन्। 

कांग्रेसले आफ्ना पार्टीबाट टिकट पाएर निर्वाचन जितेका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई पनि साउनभित्रै प्रशिक्षण दिने तयारी गरेको छ । 

दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सुरू हुनुभन्दा अघि नै प्रशिक्षण सकिने कांग्रेसले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *