सेवाग्राहीसँग पाँच हजार घुस माग्ने प्रहरी जवान पक्राउ

 

साउन ८, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्थायी ट्राफिक प्रहरी पोष्ट कोशी कटान सुनसरीमा कार्यरत प्रहरी जवान भरत कटुवाललाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । 

प्रहरी जवान कटुवालले काँकडभिट्टा–काठमाडौँ चल्ने गाडी सञ्चालनमा सहज गरिदिने भन्दै सेवाग्राहीसँग रु पाँच हजार घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगले पक्राउ गरेको हो । 

null

आयोगको इटहरी कार्यालयबाट गएको टोलीले घुससहित जवान कटुवाललाई सोमबार पक्राउ गरेको भए पनि मंगलबार सार्वजनिक गरिएको हो । आरोपी कटुवालको थप अनुसन्धान भइरहेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । रासस 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *