‘म यस्तो गीत गाउँछु २’को शुभ मूहुर्तमा पल र पूजा हेलिकोप्टर चडेर पुगे

  

असार २४, काठमाडौँ । सुदर्शन थापाको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को शुभमुर्हुत गरिएको छ 

मंगलबार बिहान कलाकार पल शाह र पूजा शर्मा सहित चलचित्र टिमकाे सहभागीमा गोरखा मनकामना मन्दिरमा यस चलचित्रकाे शुभ मुर्हत गरिएको हो । 

null

निर्देशक थापाकै प्रोडक्सनमा निर्माण हुन लागेको ‘म यस्तो गीत गाउँछु २’ मा मुख्य पात्र नायक पल शाह र नायिका पूजा शर्मा नै रहने भएका छन् । नायक पल र नायिका पूजा हेलिकोप्टर चडेर मनकामना आई चलचित्रको शुभ मुर्हत कार्यक्रममा सहभागी जनाएका थिए । 

करिब दुई वर्ष आगाडी प्रदर्शनमा आएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ले अपार सफलता प्राप्त गरेपछी ‘म यस्तो गीत गाउँछु २’ बन्ने भनेर त्यतीबेला नै चलचित्रकाे टिमले घोषणा समेत गरेका थिए । 

‘म यस्तो गीत गाउँछु’मा पल र पूजाको जोडी देखिंदा ‘म यस्तो गीत गाउँछु २’ मा चाँही पल र पूजाको जोडी देख्न पाईने हो कि होईन भनेर धेरै दर्शक अन्यौलमा थिए अब त्यो अन्यौल भने हटेको छ । ‘म यस्तो गीत गाउँछु’ मा पल र पूजाको जोडीलाई निकै रुचाएका दर्शकले फेरी एकचोटी पल र पूजाको जोडी देख्न पाउँने भएका हुन् । 

निर्देशक थापा कै प्रोडक्सनमा तयार हुन लागेको यस चलचित्रको छायाँकन भदौबाट सुरु गरिने भनिएको छ भने चलचित्रको प्रदर्शन मिति भने फागुन २३ लाई तोकिएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *