बाढी पहिरो अपडेटः मृतकको संख्या ३० पुग्यो, १२ जना घाइते

 

असार २८, काठमाडौं । बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३० पुगेको छ । 

पछिल्लो अपडेट अनुसार बिहीबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी ३० जनाको मृत्यु भएको हो । 

null

त्यस्तै १२ जना घाइते भएका छन् । बेपत्ताको संख्या १८ पुगेको छ भने १ सय ३३ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । 

बाढी पहिरोमा परी ललितपुरमा ५, काठमाडौं, खोटाङ, काभ्रेमा ३–३ जना, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा २–२ जना तथा ओखलढुंगा, पर्सा, रामेछाप, इलाम, झापा, सुनसरी, बारा र चितवनमा १–१ जना गरी ३० जनाको ज्यान गएको हो । 

 

त्यसैगरी मकवानपुरमा ४ जना, काभ्रेमा २ जना, खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १र१ जना गरी १२ जना घाइते भएका हुन्। 

त्यस्तै सिन्धुलीमा ४ जना, भोजपुरमा ३ जना, काठमाडौं, ललितपुर, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, पर्सा, महोत्तरी, रौतहट, धादिङमा १–१ जना गरी १८ जना बेपत्ता छन् । 

बाढी, पहिरो गएका जोखिमयुक्त स्थानमा उद्धारका लागि २७ हजार आठ सय ३० जना प्रहरी परिचालन गरिएको छ । 

बाढीपहिरोमा परेका काठमाडौंमा १०८ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिन्धुलीमा २ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १–१ जनाको सकुशल उद्धार गरिएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *