किशोरीलाई यौनाङ्ग देखाउने जादुलाल बालाजु प्रहरीको फन्दामा

असार १५, काठमाडौं । महानगरीय प्रहरी बृत्त बालाजुले अनौठो घटनामा एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । काठमाडौंको बनस्थली क्षेत्रमा कलेज पढ्ने किशोरी केही सातादेखि अनौठो समस्याबाट पीडित थिए । 

गल्लीबाट छिर्ने वित्तिकै एक अधवैंशेले बाटो छेक्थे, अगाडि पुगेर पाइन्ट खोलेर गुप्ताङ देखाइदिन्थे । यो समस्या निकै नौलो थियो र पिडित महिलाहरुले प्रहरीमा उजुरी गर्न अप्ठ्यारो पनि थियो । 

तर, अतिनै भएपछि किशोरीहरुले हिम्मत गरेरै प्रहरीमा रिपोर्ट गरे । पीडित किशोरीले महानगरीय प्रहरी वृत्त, बालाजुमा उजुरी गरेपछि सादा पोशाकका प्रहरी खटाइयो । पीडितले दिएको हुलिया अनुसारका ३९ वर्षीय जादुलाल राउत कुर्मी पक्राउ परे । 

null

प्रहरीले सोधपुछ गर्ने क्रममा उनले गल्ती स्वीकारे । बाराको कलैयाका कुर्मी गाडी ग्यारेजमा काम गर्दा रहेछन् । बयानका क्रममा उनले यस्तो गतिविधिले आफूलाई आनन्द मिल्ने दाबी गरेका छन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरिक्षक होविन्द्र बोगटीले उनले राम्री केटीलाई बाटो छेकेर यौनाङ्ग देखाउने गरेको अनुसन्धानबाट खुलेको बताए । ‘हामीले उनीमाथि सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने कसुर अन्तरगत कारबाही अघि बढाएका छौं ।’ प्रहरी नायब उपरिक्षक बोगटीले मकालु खबरसँग भने । 

मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ अन्तर्गत नैतिकता विरुद्धको कसुरको दफा १२२ बमोजिम सार्वजनिक स्थानमा यौनाङ्ग प्रर्दशन गर्न नहुने हुँदा निजलाई ६ महिना सम्म कैद वा ५ हजार सम्म जरिवाना वा दुवै सजाय हुनसक्छ । 

यसअघि मुलुकी ऐनको विरोध र गाईलाई राष्ट्रिय जनावरबाट बदरको माग गर्दै सिंहदरबार अगाडि नग्न भएर प्रदर्शन गर्दा पक्राउ परेका युवा जितिन लिम्बु विरुद्ध पनि यही कसुरमा मुद्दा चलाइएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *