गर्मीमा लस्सी पिउँदा स्वास्थ्यमा यतीका धेरै फाईदा

 

असार २६ । गर्मी मौसम लागे लगतै हाम्रो शरिरले शितलता खोज्ने गर्दछ । गर्मी मौसम शुरु भएपछी बजारमा लस्सीको मागपनी बढी हुन्छ । लस्सी एउटा दहीबाट बन्ने स्वादिष्ट अनि शरिरलाई शितलता प्रदान गर्ने खाद्य पदार्थ हो । 

गर्मीमा लस्सी पिउन धेरै मान्छेहरु रुचाउँछन् । गर्मीमा लस्सी पिउँदा यसले शरिरलाई शितलता त प्रदान गर्छ नै यसले स्थास्थ्यमा पनि धेरै फाईदा गर्दछ । 

null

धेरै मानिसले शितलताको लागि गर्मीमा लस्सीको सेवन गरेता पनी यसले स्वास्थ्यमा धेरै फाईदा पुर्याउने हुन्छ । यो कुरा कमै मानिसलाई मात्र थाहा हुन सक्छ । तर लस्सी पिउँदा हामीले केही सावधानी पनी अपनाउँनु पर्ने हुन्छ । 

जस्तै गर्मीमा लस्सी नियमित पिउँदा शरिरलाई गर्मीबाट बचाउन सकिन्छ । तर, ग्यास्ट्रिकको समस्या हुनेले रातीको समयमा लस्सी पिउनु हुँदैन । मधुमेह रोगीले पनि लस्सी पिउनु हुँदैन । यी बाहेक अन्यले गर्मीमा लस्सी पिउँदा निम्न स्वास्थ्यमा निम्न फाईदा गर्दछ । 

– लस्सीमा प्रोटिनको मात्रा धेरै भएकाले शरिरको कोषतन्तुलाई कमजोर हुनबाट बचाउँछ । 

– लस्सीले ब्लड सुगरलाई पनि सन्तुलन राख्न मद्धत पुर्याउँछ । 

– गर्मीमा शरिरको तापक्रम कम गर्न लस्सी भन्दा राम्रो अर्को विकल्प नहुनसक्छ । 

– उच्च रक्तचाप भएका बिरामीका लागि नमकिन लस्सी अर्थात् नुन राखेर पिउनु अति लाभदायक मानिएको छ । 

– लस्सी क्याल्सियमका लागि उपयुक्त स्रोत भएकाले हाड र दाँतलाई बलियो बनाउन मद्दत पुग्छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *