जग्गा विवादमा सुरु भयो हिंसाः ३ महिलासमेत ९ को हत्या

बीबीसी । भारतको उत्तर प्रदेशको सोनभद्र जिल्लास्थित जग्गाको विवादमा तीन महिलासमेत ९ जनाको हत्या गरिएको छ भने करिब दुई दर्जन घाइते भएका छन् । मुख्यमन्त्री योगी आदित्यनागले वाराणसीको मण्डलायुक्त र एडीजीलाई घटनाको छानबिन गरेर २४ घण्टाभित्र रिपोर्ट पेश गर्न निर्देशन दिएको छ ।सोनभद्रका पुलिस अधिक्षक सलमान ताज पाटिलले बीबीसीलाई भने, ‘घोरावल इलाकाका उम्भा गाउँमा प्रधान यज्ञदत भुर्कियांले दुई वर्ष अघि गाउँमा नै ९० बिघा जमिन खरिद गरेका थिए । बुधबार बिहान जमिन कब्जा गर्नका लागि प्रधान थुप्रै मानिस लिएर पुगे र ट्र्याक्टरबाट खेत जोत्न थाले जसको स्थानीयले विरोध गरे । यति नै बेला प्रधान पक्षधरले धारिलो हतियारले स्थानीयमाथि हमला गरे । केहीले गोलीसमेत हाने ।’ 

सलमानका अनुसार कूल ९ जनाको मृत्यु भएको छ जसमा तीन महिला पनि छन् । घाइतेलाई रोबर्ट्सगञ्जको जिल्ला अस्पतालमा भर्ना गरिएको छ । पुलिसले पाँचजनालाई पक्राउ गरेको छ र अन्य थुप्रैको खोजी जारी छ । गाउँमा तनावको स्थितीपछि भारी संख्यामा पुलिस बल तैनाथ गरिएको छ । गाउँका प्रधान फरार छन् ।हतियारसहित पुगेका थिए प्रधानःस्थानीयका अनुसार प्रधान पक्षका मानिसहरु दर्जनौं ट्र्याक्टर र सयौं मानिसहरु लिएर बिहान नै विवादित जमिनमा पुगेका थिए । स्थानीयका अनुसार त्यहाँ पुगेका सबैले हतियार लिएका थिए । घटनाका प्रत्यक्षदर्शी सुरेश कुमारले फोनमा भने, ‘गाउँलेले जब कब्जाको विरोध गरे तब हतियारधारीहरु केही सेकेन्डभित्रै उनीहरुमाथि बर्सिए । हेर्दाहेर्दै थुप्रै मानिसहरु घाइते भएर लड्न थाले थुप्रै मारिए ।’केही घाइतेको स्थिती गम्भीर छ । यसबारे जानकारी पाएपछि पुलिस र प्रशासनिक स्तरमा निकै खैलाबैला सुरु भयो । मुख्यमन्त्री योगी आदित्यनाथले सोनभद्रका जिल्लाधिकारीलाई घाइतेको तत्काल र समुचित चिकित्सकीय सुविधा उपलब्ध गराउन निर्देशन दिए । मुख्यमन्त्रीले डिजीपीलाई व्यक्तिगत रुपमा घटनाको निगरानी गर्न र दोषीलाई पक्राउ गर्नका लागि निकै प्रभावकारी कारवाही सुनिश्चित गर्ने निर्देशन पनि दिएका छन् ।के हो विवाद ?उभ्भा गाउँको बाहिरी इलाकामा सयौं बिघा खेत भएको बताइन्छ जसमा गाउँका केही मानिसहरुले पुस्तौंदेखि खेती गर्दै आइरहेका छन् । गाउँलेका अनुसार यो जमिनको एउटा ठूलो हिस्सा प्रधानको नाममा छ । स्थानीयबाट कब्जा हटाउने उद्देश्यले प्रधान सयौं मानिसहरु लिएर खेत जोत्न गएका थिए । जब स्थानीयले यसको विरोध गरे तब उनका पक्षधरले स्थानीयमाथि हमला गरे । जंगलले घेरिएको यो इलाकामा गोन्ड र गुर्जर आदिवासी बस्छन् र यहाँको धेरैजसो जमिन वनभूमि हो ।वनभूमिमाथि कब्जाको विषयमा यो इलाकामा विवाद भइरहन्छ । यो घटनापछि राज्यको योगी सरकारमाथि विपक्षले हमला एवं विरोध गरेको छ । पूर्व मुख्यमन्त्री अखिलेश यादवले कानून व्यवस्थामाथि प्रश्न उठाउँदा मृतक परिवारलाई २०–२० लाख भारु दिन माग गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *